१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


उत्कृष्ट व्यक्तित्वलाई एभरेष्ट एक्सिलेन्स अवार्ड



काठमाडौं
२१ जेठ । राष्ट्रिय आयामका विभिन्न क्षेत्रमार्फत समाजको उन्नयन र विकासमा योगदान पुर्याउने समाजका उत्कृष्ट व्यक्तित्व र दुई संस्थालाई एभरेष्ट एक्सिलेन्स अवार्ड २०२४ प्रदान गरिएको छ ।
एभरेष्ट इभेन्टद्वारा मिस्टर एण्ड मिस एसईई सुपर मोडलको तेस्रो संस्करण समारोह माझ उनीहरुलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
पाचौं संस्करणको उक्त अवार्डबाट सम्मानित हुनेमा बुद्ध एयर, रुटिन अफ नेपाल बन्द, राज्य मिडिया नेटवर्कका अध्यक्ष एवं राज्यदैनिकका कार्यकारी सम्पादक सरोज ओझा, नायक धिरेन शाक्य, ग्लोबल अनलाईन पेका सिईओ डेभिल सिंह राजपुत, चरित्र अभिनेत्री हिउँवाला गौतम, चलचित्र प्राविधिक एवं चलचित्र सेन्सर बोर्डका सदस्य राजेश महर्जन, ब्लु डायमण्डकी संस्थापक एवं सामाजिक अभियन्ता सितल पिँकी गुरुङ र इभेन्ट आयोजक एवं निर्देशकद्धय रवि धमला तथा राजन बुढाथोकी छन ।
उनीहरुलाई एभरेष्ट इभेन्टका सिईओ कृष्ण श्रेष्ठ (रुबिन)ले सम्मान पत्र हस्तान्तरण गरेका थिए । संस्थागततर्फ दिईएको अवार्डमा बुद्ध एयरकातर्फबाट रत्न र रुटिन अफ नेपाल बन्दकातर्फबाट रियाशा दाहालले सम्मान पत्र ग्रहण गरेका थिए ।
आफनो क्षेत्रमा खेल्दै आएको भूमिका र योगदानको कदर रुवरुप उनीहरुलाई उक्त अवार्ड प्रदान गरिएको एभरेष्ट इभेन्टका सिईओ कृष्ण श्रेष्ठ (रुबिन)ले बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।