मुकेश कुमार यादव/सिरहा
जेठ ३१ । सिरहाको जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी जवान झुन्डिएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान करिश्मा सुनुवार आज करिव २ बजेको समयमा आफनै सुत्ने कोठामा झुन्डिएको अवस्थामा फेला परेको हुन् । घट्नाको प्रकृति हेर्दा आत्महत्या नै गरेको देखिएपनी घटना संकास्पद रहेको स्रोतले जनाएको छ।
घटनालाई ढाकछोप गर्न प्रहरीले घट्ना स्थलमा पत्रकारलाई समेत रोक लगाइएको छ ।
बाँके जिल्ला घर भएकी सुनुवारको जिल्ला स्थित कर्जन्हा प्रहरी चौकिमा दरबन्दी रहेपनी काजमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । प्रहरीले घटनाबारे कुनै प्रतिक्रिया दिन चाहेनन् ।
न्युज कारखाना
प्रतिक्रिया