२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं बुद्धनगरमा इनार सफा गर्ने क्रममा खसेर एक युवकको मृत्यु



काठमाडौं
३२ जेठ । काठमाडौं बुद्धनगरमा इनार सफा गर्ने क्रममा खसेर एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१० बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडी भागमा रहेको इनार सफा गर्ने क्रममा ती युवक खसेका थिए । ललितपुर बागडोल बस्ने भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको बिहीबार दिउँसो  इनारमा डुवेर मृत्यु भएको हो ।
ईनार सफा गर्ने क्रममा महत सोही ईनारमा भन्ने खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरी उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर पठाएकोमा् उनको उपचारको क्रममा मृत्यु भएको हो ।

 

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १० : १३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।