१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको नगरकोटबाट बलात्कारको अभियोगमा युवक पक्राउ



भक्तपुर
३२ जेठ । भक्तपुरको नगरकोटबाट बलात्कारको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्न ३८ वर्षीय कृष्ण बहादुर तामाङलाई १५ वर्षीया किशोरीलाई बलात्कार(जबरजस्ती करणी) गरेको अभियोगमा बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई २०८० चैतदेखि पटक–पटक र पछिल्लो पटक २०८१ जेठ १२ गते दिउँसो भक्तपुर नगरपालिका–१ दुधपाटी स्थित न्यू भक्तपुर गेष्ट हाउसमा ललाई फकाई, डर धाक धम्की देखाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०८१, शुक्रबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।