६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अनमोलको पारिश्रमिक ५० लाख, तिरे ७ लाख बढी कर



३० असार । अभिनेता अनमोल केसीले फिल्म ‘फर्की फर्की’ मा ५० लाख पारिश्रमिक लिएको खुलेको छ।

केसीले ‘फर्की फर्की’ फिल्मबाट आफूले प्राप्त गरेको पारिश्रमिक र त्यस बापत सरकारलाई तिरेको करको रकम सार्वजनिक भएको छ।

निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमा अनमोल केसीले तिरेको करको रसिदलाई सार्वजनिक गरेका हुन्।

अनमोलले फिल्मबाट पाएको ५० लाख पारिश्रमिक बापतको १५ प्रतिशत प्रत्यक्ष (टीडीएस) कर सरकारलाई तिरेका हुन्। करबापत उनले ७ लाख ५० हजार रुपैयाँ तिरेको उनले खुलाएका छन्।

नेपालमा कलाकारहरुले यसरी आफूले प्राप्त गरेको पारिश्रमिकबापत तिरेको करको रकम सार्वजनिक गरेको पाइदैन। तर अनमोलले भने सार्वजनिक गरेका छन्।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ७ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।