१५ माघ २०८२, बुधबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अपडेटः अर्घाखाँची बस दुर्घटनामा मृत्युको संख्या १८ पुग्यो


११ मंसिर २०७६, बुधबार  

0
Shares

११ मंसिर ०७६,अर्घाखाँची । अर्घाखाँचीको सन्धीखर्क नगरपालिका–६ स्थित रातामाटामा भएको बस दुर्घटनामा मृत्यु संख्या १८ जनाको मृत्यु भएको छ ।

त्यस्तैगरी सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजीकैको घुम्तीमा दुर्घटना भएको हो । बस सडकबाट ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। त्यस्तै घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ ।मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

दुर्घटनामा १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको सहायक प्रजिअ विष्णुराज बेल्वासेले जानकारी दिए । मृत्यु हुनेमा ११ पुरुष र सात महिला गर िसहायक प्रजिअ बेल्वासेले जानकारी दिनुभयो ।

दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ११ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल बुटबल र दुई जनालाई जिल्ला अस्पताल सन्धिखर्क पठाइएको सशस्त्र प्रहरी बल अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव रेग्मीले जानकारी दिनुभयो । ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।