१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘छक्का पञ्जा ५’ को गीतलाई लिएर अभिनेता दिपकराज र ज्योति मगरबीच दोहोरी



ललितखबर
३२ साउन । चलचित्र छक्का पञ्जा ५ को भर्खरै प्रशारणमा आएको गीत ‘विहे भाको छैन’ विवादमा आएको छ ।
गीतलाई दिएर गायिका ज्योती मगर र अभिनेता दिपकराज गिरीबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ ।


दिपक शर्मा र दिपकराज गिरीले लेखेको गीत ‘विहे भाको छैन म, कुमारी नि हैन म’ शव्दलाई गायिका ज्योति मगरले सामाजिक सञ्जालमा अश्लील भएको भन्दै टिप्पणी गरेकी छिन् । भने अभिनेता दिपकराज गिरीले कुमारीको अर्थ नबुझेको भन्दै शव्लकोष हेर्न सुझाएका छन् ।

गायिका मगरले ‘बिस्तारा ले पोल्यो’, ‘३ महिने सुइ लाउछे’जस्ता गीतहरुले समाज भड्किलो भयो भन्दै भुक्नेहरु ले छक्का पन्जा को गित “बिहे भाको छैन म,कुमारी नि हैन म“ भन्ने गित लाइ कुन रुप ले लिय होलान ?यो गित को भाव बुझेनन कि क्या हो ? भन्दै प्रश्न गरेकी छिन् ।
उनले विहे गरेको छैन तर संभोग गरेको छु भनेको अर्थ लागेको तर्क गरेकी छिन् ।

तर अभिनेत गिरीले भने गायिका मगरले कुमारीको अर्थ खोजिरहेको कुमारीको अर्थ शब्दकोश हेर्न भनेका छन् उनले लेखेका छन् । ‘शब्दको सहि अर्थ खोज्ने ठॉउ त त्यहि नै होला होइन र ?’

पछिल्लो समय गायिका मगरको दोहोरो अर्थ लाग्ने अश्लील गीतमा अर्धनग्न भएर गाउने, नाच्ने र हाउभाउ देखाउने गरेको भन्दै आलोचना हुने गरेको छ । उनको विभिन्न मेला महोत्सवमा देखाउने हर्कतका कारण विवाद बन्ने गरेको छ ।
उता अभिनेता दिपक पनि विभिन्न विषयमा बेला बेला आवश्यक र अनावश्यक टिप्पणी गरेर विवादमा रमाउने गर्दछन् ।

तीन दिनअघि युट्युवमार्फत सार्वजनिक गरिएको गीत १९ लाखभन्दा धेरै पटक हेरिएको छ । चलचित्र यही असोज २४ गते फुलपातीदेखि देशभर प्रर्दशनमा आउने भएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार  ६ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।