१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलत्कारका कथामा आधारित चलचित्र ‘देवी’ यतार्थ घटनालाई पटक्कै टिपेर चलचित्रको पर्दामा



काठमाडौँ
३ भदौं । बलत्कार र महिला हिंसामा आधारित चलचित्र ‘देवि’ देशभरका घटनालाई निर्माण गरिएको निर्देशक सञ्जोग राईले बताएका छन् ।

यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक राईले चलचित्रले समाजको यतार्थ घटनालाई पटक्कै टिपेर चलचित्रको पर्दामा उतारेको दाबी गरे ।

चलचित्रले बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको उनको तर्क छ ।

चलचित्रमा अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । चलचित्रले मूलतः शिल्पाको पात्रमार्फत् कथा भनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ । गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । चलचित्रमा सन्जेन थापाको द्वन्द्व छ ।

एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी चलचित्रससँग सहकार्य गरेको चलचित्रमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह–निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।