६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बलत्कारका कथामा आधारित चलचित्र ‘देवी’ यतार्थ घटनालाई पटक्कै टिपेर चलचित्रको पर्दामा



काठमाडौँ
३ भदौं । बलत्कार र महिला हिंसामा आधारित चलचित्र ‘देवि’ देशभरका घटनालाई निर्माण गरिएको निर्देशक सञ्जोग राईले बताएका छन् ।

यही भदौ २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘देवी’को ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक राईले चलचित्रले समाजको यतार्थ घटनालाई पटक्कै टिपेर चलचित्रको पर्दामा उतारेको दाबी गरे ।

चलचित्रले बलात्कारको घटनामा कानुनले पार्ने प्रभाव र त्यसले निम्त्याउने परिणामलाई ट्रेलरमा देखाउन खोजिएको उनको तर्क छ ।

चलचित्रमा अभिनेत्री शिल्पा मास्के पत्रकारको भूमिकामा छिन् । चलचित्रले मूलतः शिल्पाको पात्रमार्फत् कथा भनेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
चलचित्रमा गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, ध्रुब कोइराला, विशाल पहारी, निरिक्षा घतानी, प्रभाकर न्यौपाने, निरु खड्का, जीवनजंग खड्का लगायतको पनि अभिनय छ । गौरव प्रहरीको भूमिकामा छन् । जोएल फ्रोमको छायांकन रहेको चलचित्रको पटकथा लेखनमा निर्देशक राईलाई अजय गौतमले सघाएका छन् । चलचित्रमा सन्जेन थापाको द्वन्द्व छ ।

एक्जिबिट स्टुडियोले ‘कबड्डी’ निर्माण कम्पनी बाँसुरी चलचित्रससँग सहकार्य गरेको चलचित्रमा रेमन गुरुङ, नारायण राई र सञ्जोग राई निर्मातामा छन् भने जावेद खान कार्यकारी निर्माता हुन् । त्यस्तै, सह–निर्मातामा शिल्पा मास्के, उजेन नोर्वे गुरुङ र मिलन लामा छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ४ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।