१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘के घर के डेराः घर नम्बर २’ को २५ दिनमै सकियो छायांकन



काठमाडौँ
२३ भदौं । चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायांकन पनि २५ दिनमा पूरा गरेका छन् । शनिबार अन्तिम दृश्य खिच्दै चलचित्रको छायांकन सकिएको हो ।

दिपेन्द्र के खनालले निर्देशन रहेको यस चलचित्र काठमाडौं र ललितपुरमा छायांकन भएको बताइएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, आर्यन सिग्देल, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरेलगायतको अभिनय रहेको छ । छायांकनमा जानुभन्दा अगाडि नै आगामी माघको ११ गतेलाई चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको थियो । अहिलेसम्म यो मितिमा अरु चलचित्र छैनन् ।

युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रमा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्मातामा छन् । ‘कर्नाली ब्लुज’, ‘एक्लो’, ‘उसले दिएको उमेर’, ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरको लेखन रहेको यो चलचित्रका छायाँकार कृष्णबहादुर थापा हुन् । चलचित्रले सामाजिक विषयलाई रमाइलो शैलीमा भनेको छ । घरबेटी र डेरावालको कथामा आधारित भएर चलचित्र बनेको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८१, आइतबार  ३ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।