चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन् । चलचित्रको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुनेछ
काठमाडौँ
२४ भदौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा चलचित्र ‘रंगी’ निर्माण हुने भएको छ । सलोन बस्नेत प्रस्तुतकर्ता रहने चलचित्रमा सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहनेछ ।
निर्देशक न्यौपानेसँग चलचित्र ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका चलचित्रमा मुख्य सहायक निर्देशनको अनुभव छ । निर्माण पक्षले चलचित्रको पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ ।
उनीहरु बाबुछोरी रहेको अनुमान लगाउन सकिन्छ । पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । चलचित्रले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ । सक्षम सुवेदीको निर्माण रहने चलचित्रमा सुमन गजमेरको लेखन छ ।
चलचित्रमा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन् । चलचित्रका लागि कलाकार फाइनल भइसकेका छैनन् । चलचित्रको छायांकन असोज ११ गतेदेखि काठमाडौंबाट सुरु हुनेछ ।








प्रतिक्रिया