३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


दयाहाङ र आँचलको ‘दुखी आत्मा’को छायांकन शुरु



२७ भदौ । चलचित्र ‘दुखी आत्मा’को छायांकन सुरु भएको छ । दयाहाङ राई र आँचल शर्मा मुख्य भूमिका रहेको चलचित्रको छायांकन सुरु भएको हो ।

चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका छन् । लेखन पनि निर्देशक स्वयंको छ । चलचित्रमा दयाहाङ र आँचलसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

चलचित्रको निर्माता हिमाल कडरिया हुन् । फिल्म काठमाडौँ उपत्यका सेरोफेरोमा खिचिने जानकारी निर्देशक लामाले दिएका छन् । निर्माता कडरियाले आफूहरूले फिल्म भरपुर मनोरञ्जक बनाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहिबार  ९ : ४९ बजे