१८ माघ २०८२, शनिबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


शनिबार चलचित्र ‘छक्का पञ्जा ४’ निःशुल्क देखाइने



२८ भदौ । चलचित्र ‘छक्का पञ्जा ४’ शनिबार निःशुल्क देखाइने भएको छ। एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाजमा शनिबार चलचित्र निःशुल्क देखाउन लागिएको हो।

काठमाडौंको नयाँ वानेश्वरस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज दीपकराज गिरी, दीपाश्री निरौला लगायतले सञ्चालन गरेका छन्।

दीपकराज गिरीले सामाजिक सञ्जालमा लेख्दै शनिबार दिउँसो २ः३० र बेलुका ५ः३० बजे तय गरिएको शोको टिकटका लागि काउन्टरमा सम्पर्क गर्न आग्रह गरेका छन्।

चलचित्र ‘छक्का पञ्जा ४’ गत वर्ष प्रदर्शनमा आएको थियो। हेमराज बिसीको निर्देशन रहेको चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्य लगायतका कलाकारहरूको अभिनय छ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।