४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंको मैह्पीमा मिनि ट्रकको ठक्करपछि युवकको मृत्यु



दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको

काठमाडौं
४ असोज । काठमाडौंको मैह्पीमा मिनि ट्रकको ठक्करपछि युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–१६ मैह्पी करिडोर नजिकै सडकमा ग.१४ प ६४४३ नम्बरको मोटरसाइकल र बा.४ ख ८६८५ नम्बरको मिनि ट्रक एकआपसमा ठक्करपछि मोटरसाइकलमा सवार युवकको मृत्यु भएको हो ।
बुधबार राती भएको दुर्घटनामा मोटरसाइकलमा सवार बाग्लुङ, बाग्लुङ नगरपालिका–१२ घर भएका २५ वर्षीय बिनोद खड्काको मृत्यु भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई हो ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  ३ : ०३ बजे