७ आश्विन २०८१, सोमबार | Mon Sep 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ’लापत्ता लेडिज’ ओस्कार अवार्डमा



काठमाडौँ
७ असोज । बउिडबाट यस बर्ष किरण रावको चलचित्र ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ ।

चलचित्र फेडेरेसन अफ इन्डियाले चलचित्र ’लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो ।

चलचित्रलाई बेस्ट विदेशी चलचित्रको क्याटोगोरीमा ओस्कारमा पठाइएको छ ।

यस चलचित्रको निकै प्रसंशा भएको थियो । नितान्शी गोयल, प्रतिभा रान्ता, रवि किसनलगायतको अभिनय रहेको यस चलचित्रले बक्स अफिसमा पनि राम्रो कमाई गरेको थियो । करिब ५ करोडको बजेटमा बनेको यस चलचित्रले भारतीय बक्स अफिसमा २० करोड कमाई गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  २ : ५३ बजे