१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


प्रदिप खड्काको सुपरहिट ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने



चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ

काठमाडौं
९ असोज । २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ सार्वजनिक प्रदर्शन भई सुपरहिट भएको नेपाली चलचित्र ‘प्रेम गीत ३’ नेपालको अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा प्रर्दशन भएको छ ।

‘सिनेमाघर’मा हालै प्रदृशन भएको यो चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ । यो चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् ।

यस चलचित्रमा खजाग राज्यका कान्छा राजकुमार प्रेम र उनकी प्रेमिका गीतको कथा छ। प्रेम शुभ ज्योतिषीय समयमा जन्मिएका थिए र भविष्यमा राजा हुने भविष्यवाणी गरिएको थियो। तर, यी सबैको बीचमा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो चुनौतीसँग जुध्न बाध्य हुन्छन्, जुन थियो उनको प्रेम।

‘प्रेम गीत ३’ रिलिजसँगै सिनेमाघर एपले नयाँ ठूलो अपडेट ल्याएको छ, जसअनुसार यसअघि एन्ड्रोइड र आइओएस मोबाइल तथा स्मार्ट टिभी प्लेटफर्महरूमा रहेकोमा अब चलचित्रहरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजर मार्फत पनि हेर्न सकिनेछ । साथै, फोनपे क्युआर कोड मार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ। सिनेमाघरका सिइओ सागर खरेलका अनुसार, नेपाली भाषा विकल्प र २४ घण्टा प्राविधिक सहयोगको सुविधा पनि छिट्टै उपलब्ध गराइनेछ।

प्रकाशित मिति : ९ आश्विन २०८१, बुधबार  ९ : २० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।