२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


देशभरका शक्तिपीठमा भक्तजनको भीड (तस्विरहरु)



काठमाडौ
२४ असोज । आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिन आज बिहानैदेखि देशभरका शक्तिपीठमा देवीको पूजा, आराधना एवं दर्शन गर्नेको भीड लागेको छ ।

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-१ बरूण सरोवरको किनारामा दुर्गा पूजाका लागि निर्माण गरिएको विशाल पण्डाल । लेन्स : सञ्जीतकुमार मण्डल / रासस

नवरात्रकामा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी, भुवनेश्वरी, वत्सलेश्वरी र जयवागीश्वरीका साथै काठमाडौँ उपत्यकास्थित मैतीदेवी, कालिकास्थान, भद्रकाली, सङ्कटा, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो छ ।

नवरात्रको तेस्रो दिन बागलुङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शनिबार पूजाअर्चनाका लागि आएका भक्तजन । लेन्स : रामबहादुर थापा / रासस

यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, सुपादेउराली, उग्रतारालगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको हाम्रा स्थानीय समाचारदाताहरूले जनाएका छन् ।

नवरात्रको तेस्रो दिन बागलुङस्थित प्रसिद्ध धार्मिक शक्तिपीठ कालिका भगवती मन्दिरमा शनिबार पूजाअर्चनाका लागि आएका भक्तजन । लेन्स : रामबहादुर थापा / रासस

नवरात्रको सातौँ दिन आज दसैँ घर वा पूजा कोठामा कालरात्रिको आह्वान गरी आराधना गरिँदै छ ।

दसैँ नवरात्रको तेस्रो दिन पशुपतिनाथ मन्दिरमा शनिबार पूजाअर्चना गर्न आएका भक्तजन। तस्बिर : हरिराम भेटुवाल / रासस

काठमाडौँस्थित मैतिदेवी मन्दिरमा दसैँको नवरात्र दोस्रो दिन पूजाअर्चना तथा दर्शन गर्न आएका भक्तजन । लेन्स : हरिराम भेटुवाल /रासस

काठमाडौँस्थित मैतिदेवी मन्दिरमा दसैँको नवरात्र दोस्रो दिन पूजाअर्चना गर्न आएका भक्तजन बत्ती बाल्दै । तस्बिर : हरिराम भेटुवाल /रासस

 

प्रकाशित मिति : २४ आश्विन २०८१, बिहिबार  ४ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।