१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


छोटो चलचित्र ‘दसैँ आयो’लाई एक लाख नगद पुरस्कार 



काठमाडौँ
 छोटो चलचित्र ‘दसैँ आयो’ले रु एक लाख नगद पुरस्कार जितेको छ ।
अस्कर इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)द्वारा आज आयोजित दोस्रो ‘युवा सर्ट फिल्म’ प्रतिस्पर्धामा ‘दसैँ आयो’ पहिलो पुरस्कार पाएको हो । चलचित्र शिल्पा केसीले निर्देशन गरेकी हुन् ।
प्रतियोगितामा अर्जुन तिरूवाको ‘द ब्रिजु’ र ‘विशाल झाको अन्तिम यात्रा’ले द्वितीय र तृतीय स्थान हासिल गर्दै क्रमशः रु ५० र २५ हजार नगद जिते । देवनन्दन मण्डलको ‘पेपर बोन्ड्स स्पेसल मेन्सन’मा पर्न सफल चलचित्र बन्यो ।
पुरस्कार घोषणाअघि प्रतिस्पर्धाको अन्तिम छनोटमा पर्न सफल नौवटा लघु चलचित्र प्रदर्शन गरिएको थियो । बीस वर्षमुनिका उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीलाई आठदेखि १५ मिनेटसम्मका चलचित्र पठाउन गत कात्तिक पहिलो सातासम्मको समयसीमा तोकिएको थियो ।
कलेजका प्रधानाध्यापक रामराजा दाहालले प्रतियोगिताका लागि २० भन्दा बढी चलचित्र प्राप्त भएको र त्यसबाट अन्तिम ९ छनोट गरिएको बताएका छन् ।
चलचित्र निर्माणमा उदीयमान प्रतिभाहरूको पहिचान गरी विशेष अवसर प्रदान गर्नका लागि यो प्रतियोगितालाई निरन्तरता दिइएको बताए । उाका अनुसार चलचित्र अत्यन्तै सृजनात्मक विधा हो र युवाहरूको मस्तिष्क सृजनशील हुने भएकाले हामीले युवालक्षित चलचित्र निर्माण प्रतिस्पर्धा गरी उनीहरूलाई सहयोग गर्न पहल गरेको हो ।

प्रकाशित मिति : १४ मंसिर २०८१, शुक्रबार  ९ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।