१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘कार्साङ’को टिजर : गाँउले जीवनभित्रको चरम गरिवीको कथा



काठमाडौं
झाँक्री संस्कृती र विपन्न गाँउले जीवनमा आधार बनाएर निर्माण गरिएको चलचित्र ‘कार्साङ’को टिजर भर्खरै सार्वजनिक भएको छ ।
टिजरमा अभिनेता दयाहाङ राई झाँक्रीको भूमिकामा छन् । उनको भुषभुसा र श्रृगार हेर्दा गाँउले ठिटो देखिए पनि अभिनयशैली र चरित्र निर्माणमा उनको शैली पुरानै छ । कलाकार जितु नेपालको पारा पहि उही देखिन्छ ।
शेर्पा संस्कृतीमा आधारित चलचित्र ‘कार्साङ’मा शेर्पा भाषाको प्रयोग नै नभएको आशंका टिजरबाट गर्न सकिन्छ ।

टिजरमा गरिबी, अभाव, निसन्तानपनले दिएको शास्ती र त्यसले दाम्पत्य जीवनमा सृजना गरेको खटपटलाई देखाइएको छ ।

ऋण, सरसापटले काम चलाउने ग्रामीण परिपाटी, एकजोर नयाँ लुगाका लागि सन्तानले गरेको अपेक्षा पूरा गर्न नसक्ने अभिभावकको चरम गरिबी टिजरमा समावेश छ ।

टिजरले गरिबीका कारण कसरी आम मान्छे आफ्नै दाजुभाइ र समाजबाट हेपिन्छन् त्यसको कथा ‘कार्साङ’ले भन्ने संकेत गरेको छ । सन्तान नजन्मिएपछि श्रीमान् श्रीमतीले एकअर्कालाई गर्ने दोषारोपण यो चलचित्रको कथा रहेको टिजर हेरेर अनुमान लगाउन सकिन्छ ।

नेपाली ग्रामीण समाज सानोसानो नियमित गर्जो टार्न कसरी छटपटिन्छन् भन्ने तथ्यलाई ‘कार्साङ’ले भन्ने टिजर हेरर अनुमान लगाउन सकिन्छ ।

‘कार्साङ’ यम शेर्पाको डेव्यु निर्देशन हो । चलचित्रको कथा पनि निर्देशक आफैँले लेखेका छन् ।

शेर्पा समुदायको संस्कृतिमा आधारित चलचित्र ‘कार्साङ’ पुस २६ गते प्रदर्शनको तयारीमा छ ।

चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङसँगै सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित, कविता आले, कर्मा शेर्पा, छोकी शेर्पा, सभ्य दीप गौतम, बिमल पुरी, दिलीप पन्त, छिरिङ शेर्पा, पवन कुमार गोले, अमृत शेर्पालगायत कलाकारको अभिनय रहेको छ ।
चलचित्रको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा हुन् । लाइन प्रोड्युसरमा वीरेन्द्र शाही छन् ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १० : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।