२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरमा आफ्नै बुवाले गरे छोराको हत्या



भक्तपुर
भक्तपुरमा आफ्नै बुवाले छोराको हत्या गरेका छन् ।

प्रहरीका अनुसार घरायसी विवाद बढ्दै भएपछि बुवाले छोराको चक्कु प्रहार गरेर हत्या गरेका हुन् ।

गएराती १० बजेतिर विवादको क्रममा अछामको कमलनगर नगरपालिका–६ घर ६३ वर्षीय दीपबहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्रबहादुर शाहीको हत्या गरेको समाचार छ ।

शाहीको शव पोष्टमार्टमका लागि राति सवा १२ बजे काठमाडौंको मेडिकल कलेज दुवाकोट पठाइएको छ भने बावु दीपबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

दुबै बावु छोरा भक्तपुर नगरपालिका–२ स्थित शहीद स्मृति खेल मैदान नजिक बस्दै आएका थिए ।

 

 

 

प्रकाशित मिति : ३ पुस २०८१, बुधबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।