२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन घोषणा



११ पुस। नेपाल आयल निगमले पेट्रोलियम ढुवानी र ढुवानी गर्ने ट्यांकरका समस्या समाधान नगरेको भन्दै सम्बद्ध ३ वटा संस्थाले संयुक्त रूपमा आन्दोलन घोषणा गरेका छन् ।

अमलेखगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अमलेखगञ्ज र नेपाल पेट्रोलियम ट्यांकर चालक संघ अमलेखगञ्जले आईतबारदेखि संयुक्त रूपमा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

डिपोबाट लोडिङ–अनलोडिङ ठप्प पार्नेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरिएको छ । पेट्रोलियम ढुवानी व्यवसायी संघका महासचिव राम ठकुरीका अनुसार ३ वटै संस्थाहरूले निजी ढुवानी ट्यांक–ट्रक व्यवस्थापन गर्नुपर्ने, बरौनी–अमलेखगञ्ज रुटमा गुड्ने १०४ वटा ट्यांक ट्रक व्यवस्थापन गर्नुपर्ने, १ थान ट्यांक ट्रक धनी व्यवसायीलाई करार सम्झौता कायम गर्नुपर्ने र ५० लिटरभन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गर्नुपर्ने लगायतका माग राखेर ३ वटै संस्थाले संयुक्त आन्दोलन गर्न लागेका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  ११ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।