२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका मेलिना राई बिबाह बन्धनमा



काठमाडौं । गायिका मेलिना राई वैवाहिक बन्धनमा बाधिएकी छिन्। शुक्रबार उनले प्रेमी ध्रुव गुरुङसँग बिहे गरेकी हुन्। काठमाडौं गोकर्णेश्वरको एक रिसोर्टमा उनीहरुको बिहेको समारोह चलिरहेको छ। जहाँ दुबैका परिवार र आफन्तहरुको उपस्थिति रहेको छ।

केही समयदेखि प्रेमसम्बन्धमा रहेका मेलिना र ध्रुवले हिजो मात्रै इन्गेजमेन्ट गरेका थिए। लमजुङका गुरुङ पेसाले चिकित्सक हुन्।

मेलिनाका थुप्रै गीत चर्चित छन्। उनले रैँया चाँदीको, कम्मरमाथि पटुकी, पटुकीमाथि घैला, शीरैमा शीरबन्दी, तिमीले बाटो फेर्‍यौ अरे, कुटुमा कुटु सुपारी दाना, जेल पनि सहुँला लगायतका हिट गीत गाइसकेकी छिन्।

प्रकाशित मिति : ४ माघ २०८१, शुक्रबार  ४ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।