२९ बैशाख २०८३, मंगलबार | Tue May 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


काठमाडौंका मेयर बालेनको आवाजमा ‘लाज शरणम्’ले ल्यायो ‘नेपाल हाँसेको’(भिडियोसहित)



काठमाडौं

बालेनको आवाजमा फिल्म ‘लाज शरणम’को ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) ‘नेपाल हाँसेको’ सार्वजनिक भएको छ । फिल्मको प्रचारप्रसारको लागि यो गीत प्रयोग हुने जनाइएको छ ।

बालेनको युट्युव च्यानलबाट सार्वजनिक गीतमा उनको आफ्नै स्वर, संगीत र शब्द छ । वैदेशिक रोजगारीको दुःखान्त अवस्थालाई भिडियोमा चित्रण गरिएको छ । गीतमा चाहिँ बालेनले नागरिकको रुपमा आफूले समृद्ध मुलुक हेर्न चाहेको कुरा वर्णन गरेका छन् ।

गम्भीर विष्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा अर्जुन घिमिरे, महेश त्रिपाठी, सागर लम्साल, हरिश निरौला, वविन राई, गजित विष्ट, रामबाबु रेग्मी, आयुसी ढकाल र सानु पाण्डेको अभिनय छ ।

काठमाडौं महानगरको प्रमुख भएपछि पहिलोपटक यो गीत सार्वजनिक भएको हो । बालेनसँग भएका २२ वटा म्युजिक क्याटालगमध्ये एकजनालाई छनोट गरेर गीत ल्याइएको जनाइएको छ ।

गीतले फिल्म ‘लाज शरणम’को हाइप बढाउने विश्वास निर्माताको छ । फागुन १४ गते शिवरात्रीको दिनमा रिलिज हुने फिल्मलाई टिभी सिरिज ‘सक्किगो नि’को निर्माता कम्पनी जेपीटी क्रिएसनले निर्माण गरेको हो ।

कुमार कट्टेल निर्देशित फिल्ममा सीताराम कट्टेल, अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बुको अभिनय छ । निर्मातामा नवीन श्रेष्ठ, रामनरेश शाह र सृजना खड्का सहनिर्माताको रूपमा छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ६ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।