२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘बसन्त’को टिजरमा ‘शान्ति’का लागि कविता



ललितपुर
चलचित्र ‘बसन्त’ को टिजर सार्वजनिक भएको छ ।
गायक तथा अभिनेता प्रकाश सपूतको निर्देशन, लेखन तथा संगीतमा निर्माणाधिन चलचित्र‘बसन्त’को टिजरमा प्रकाश सपुत, स्वस्तिमा खड्का, खड्क बहादुर पुन (खबपु)लगायत टिजरको दृश्यमा देखिएका छन् ।
युट्युवमा सार्वजनिक भएको टिजरमा पात्र वस्नतले प्रेमिका शान्तिका लागि कविता भनिरहेको दृश्य समेटिएको छ ।
‘भ्यालेनटाइन डे’को सन्दर्भ पारेर सार्वजनिक गरिएको कवितामा कलाकारहरु स्कूले पोशाकमा रहेका छन् भने भाषा पनि पश्चिम नेपालको खस भाषा रहेको छ ।
टिजरमार्फत चलचित्रको पात्रहरु वसन्त र शान्ति स्कूले जीवनकै अवस्थामा प्रेममा रहेको खुलासा भएको छ । चलचित्र दुखी आत्माले झैं कवितामार्फत चलचित्र प्रबद्र्धन गर्ने शैली पछ्याएको देखिन्छ ।

चलचित्रमा प्रकाश र स्वस्तिमासहित प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन ९खबपु०, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय रहेको छ । निर्देशक सपूतको जन्मथलो बाग्लुङसहित काठमाडौं र तराईका विभिन्न ठाउँमा चलचित्रको छायांकन गरिएको छ ।
आगामी चैत २२ गतेबाट ‘वसन्त’ प्रदर्शन हुने चलचित्र गलबन्दी प्रोडक्सनको व्यानरमा निर्माण भएको हो ।चलचित्र सुसन प्रजापतिको डिओपि रहेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।