५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘कमेडी दरबार’बाट विजय बराल बाहिरिए, हाँस्य कलाकार मनोज गजुरेल बने ‘महाराजा’



ललितपुर
कमेडी टीभी शो ‘कमेडी दरबार’मा विजय बराल बाहिरिएका छन् । हाँस्य कलाकार मनोज गजुरेलका ‘महाराजा’को रुपमा देखिने भएका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा शोको सन्दर्भमा महत्वपूर्ण हेरफेर भएको जानकारी दिइएको हो ।
कार्यक्रममा उद्घोषण गरिरहेकी नम्रता श्रेष्ठको ठाँउमा सजिना खनालले प्रवेश पाएकी छिन् । खनालले शोका निर्देशक विक्की अग्रवालसँग मिलेर होस्ट गर्नेछिन् ।
आउँदो २७ औं भागमा परिवर्तन देखिने कार्यक्रममा जानकारी दिइएको हो ।
पछिल्लो समय लोकप्रिय यस टेलिभिजन रियालिटी शोमा अब अभिनेत्री गौरी मल्ल ‘महारानी’ र मनोज गजुरेल ‘महाराजा’को भूमिकामा देखिनेछन् ।
कार्यक्रम प्राइभ टेलिभिजन र युट्युवमा ओएसआर डिजिटलबाट प्रशारण हुँदै आएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।