२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत



काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता शुक्रबार भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५ औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजना कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ।

बैठकले कार्यकारी परिषद्को सिफारिसमा सभाको सदस्यमा प्रा डा ब्रम्हदेव झालाई मनोनयन गरेको छ ।

प्रतिष्ठानमा कार्यरत पदाधिकारी, शिक्षक र कर्मचारीहरूको विद्यमान तलब भत्तामा आन्तरिक स्रोतबाट दिने गरी पाँच प्रतिशत वृद्धिको प्रस्तावलाई भने बैठकले थप अध्ययन र छलफल गरेर मात्रै प्रस्ताव ल्याउन निर्देशन दिएको छ।

प्रधानमन्त्री ओलीले विधि र कानुनसम्मत रुपमा निर्णय लिन तथा समयमा सिनेट बैठक गरी वार्षिक बजेट र कार्यक्रम पारित गराउन निर्देशन दिए। उनले दीर्घकालीन र आर्थिक रुपमा प्रभाव पर्ने निर्णयलाई स्वीकृत गर्न नसकिने स्पष्ट गरे।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार  ४ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।