काठमाडौं
काठमाडौंको बानेश्वरबाट माईतिघरतर्फ गइरहेको एक स्कुटर दुर्घटनामा परेरएक युवतीको निधन भएको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ११ स्थित सडकमा बानेश्वेरबाट माईतिघर मण्डलातर्फ जाँदै गरेको बा.प्र.०६–००१ प ८५१५ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना भएको थियो । सो दुर्घटनामा स्कुटरमा सवार चितवन भरतपुर महानगरपालिका–११ घर भई काठमाडौं तार्केश्वर नगरपालिका–५ गोलढुंगा बस्ने २० वर्षीया सञ्जिता महत्तोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
१६ फाल्गुन २०८१, शुक्रबार
2.5k
Shares








प्रतिक्रिया