२३ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘अभिमन्यु’ घोषणा : सुपरहिट ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले लगानी गर्ने



काठमाडौं
आज चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरिएको छ । चलचित्र निर्माणमा सुपरहिट ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले लगानी गर्ने भएका छन् ।

आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले चलचित्रको साउन २४ गते प्रर्दशन गर्ने घोषणा गरेका हुन् ।

चलचित्र हिन्दी र नेपाली भाषामा निर्माण गरेर संसारभर प्रर्दशन गर्ने निर्माण पक्षको भनाई छ ।
पोस्टरमा पैसा उडिरहेको दृश्य रहेकोले पैसाकै प्रलोभनको विषयबस्तु रहेको अनुमान गर्न सकिन्छ । दर्शकको रुचि रहेको विषयबस्तु पैसा र सुनको विषयबस्तुमा पछिल्लो समय चलचित्र निर्माण गर्ने लहर नै चलेको छ ।

सेभेन सिज सिनेमाको प्रस्तुति रहने यस चलचित्र ‘चक्रव्यूह’लाई सुशान्त गौतमले निर्देशन गर्ने छन् । मुकेश खनालले कथा लेखेका छन् । चलचित्रको क्रियटिभ निर्देशक मदन थापा रहेका छन् ।

चलचित्रका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । सह–निर्मातामा रमेश चौलागाइ र हरि श्रेष्ठ रहेका छन् । निर्माण पक्षले कलाकारहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आइतबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।