चलचित्र ‘जनै हराएको बाहुन’ले तीजमा प्रर्दशन हुने भएको छ ।
आगामी वर्षको हरितालिका तीज (भदौ १०गते) संसारभर एकै दिन प्रर्दशन हुने भएको हो ।
विजय बराल र मनिष राउत मुख्य भूमिकामा रहेको चलचित्रमा आमा र छोराबीचको कथा रहेको छ ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशनमा बन्ने चलचित्र हो । यो चलचित्रको असोसियट निर्देशक ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । जो मुख्य भूमिकामा पनि छन् ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको नयाँ कथा र आकर्षक सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।
चलचित्रले गाउँबाट सहर आएको एक सामान्य व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथालाई भन्नेछ ।
चलचित्रमा नवीन गुरुङ छायांकार, क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक), भिएफक्स सुपरभाइजरको रुपमा मयंक निरौला रहेका छन् ।
२०८२ सालको हरितालिका तीजमा दर्शकमाझ आउने चलचित्र यो वर्षको अन्त्यसम्ममा चलचित्र छायाँकनमा जानेछ ।








प्रतिक्रिया