२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अस्कर अवार्डमा ‘अनोरा’ उत्कृष्ट फिल्म घोषित



काठमाडौं । ९७ औँ अस्कर अवार्डमा रोमान्टिक कमेडी फिल्म ‘अनोरा’ उत्कृष्ट फिल्म घोषित भएको छ। सोमबार बिहान अमेरिकाकाको लस-एन्जलसस्थित डल्बी थिएटरमा आयोजित कार्यक्रममा ‘अनोरा’ ले उत्कृष्ट फिल्मको अवार्ड जित्यो।

सिन बेकरको लेखन, निर्देशन र सम्पादन रहेको यस फिल्ममा एक यौनकर्मीको कथालाई समेटिएको छ। न्युयोर्कको ब्रुकलिनकी यौनकर्मी एनोरा मिखेवा र रुसी धनाढ्यका छोरा भान्या जाखारोभबीचको बिहेमा आउने अवरोधको कथा फिल्ममा छ।

यसअघि फिल्म ‘अनोरा’ले कान्स फिल्म फेस्टिभलमा ‘पाम दे ओर’ जितेको थियो। कथावाचन र प्रस्तुतीकरणबाट निकै चर्चा बटुलेको यस फिल्मले अस्करमा पाँच अवार्ड जित्न सफल भएको छ।

सिन बेकर यसै फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड उचाले। त्यसैगरी, यसै फिल्मबाट उत्कृष्ट अभिनेत्री मिकी माडिसन हुँदा उत्कृष्ट सम्पादन र उत्कृष्ट मौलिक पटकथाको उपाधि समेत हात पार्न सफल भयो।

यस्तो छ अस्कर विजेताको सूची:

उत्कृष्ट फिल्म : अनोरा

उत्कृष्ट निर्देशक : सिन बेकर (अनोरा)

उत्कृष्ट अभिनेता : एड्रियन ब्रोडी (द ब्रुटलिस्ट)

उत्कृष्ट अभिनेत्री : मिकी माडिसन (अनोरा)

उत्कृष्ट सहायक अभिनेत्री : जोय साल्दाना (एमिलिया पेरेज)

उत्कृष्ट सहायक अभिनेता : किरन कल्किन (अ रियल पेन)

उत्कृष्ट सम्पादन : सिन बेकर (अनोरा)

उत्कृष्ट छायांकन : लल क्रली (द ब्रुटलिस्ट)

उत्कृष्ट एडप्टेड स्क्रिनप्ले : कन्क्लेभ

उत्कृष्ट मौलिक पटकथा : सिन बेकर (अनोरा)

उत्कृष्ट कस्ट्युम डिजाइन : विक्ड

उत्कृष्ट एनिमेटेड सर्ट : इन द स्याडो अफ द साइप्रस

उत्कृष्ट प्रोडक्सन डिजाइन : विक्ड

उत्कृष्ट ओर्जिनिल सङ : एल मल (एमिलिया पेरेज)

उत्कृष्ट डकुमेन्ट्री सर्ट : द वन्ली गर्ल इन द अर्केस्ट्रा

उत्कृष्ट डकुमेन्ट्री फिचर : नो अदर ल्यान्ड

‘एमिलिया पेरेज’बाट सहायक अभिनेत्रीमा उत्कृष्ट जोय साल्दाना

उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर : आइएम स्टिल हेयर (ब्राजिल)

उत्कृष्ट ओर्जिनल स्कोर : डेनियल ब्लमबर्ग (द ब्रुटालिस्ट)

उत्कृष्ट भिजुअल इफेक्ट : ड्युन पार्ट २

उत्कृष्ट साउण्ड : ड्युन पार्ट २

उत्कृष्ट लाइभ एक्सन सर्ट : आइएम नट अ रोबट

उत्कृष्ट मेकअप एण्ड हेयर स्टाइलिङ : द सब्सटेन्स

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।