२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


महिला चलचित्रकर्मीलाई अगाडि बढाउन महोत्सव सुरु



काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलबारदेखि तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र विकास बोर्डमा आयोेजित महोत्सवको दोस्रो दिन आज विभिन्न चलचित्र प्रदर्शन गरिए ।
प्रदर्शनसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको आयोजक समितिका अध्यक्ष केकी अधिकारीले जानकारी दिइन् ।

उनले भनिन्, “यो महोत्सवले महिलाका विषयमा निर्माण भएका चलचित्रलाई प्रवद्र्धन गरिरहेको छ । चलचित्र हेर्दै त्यसमा गरिने अन्तरक्रियाले आगामी दिनमा काम गर्न सहज बनाउने गर्छ ।” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले भने,“हामी सुविधासम्पन्न स्टुडियो निर्माण गरेर चलचित्रकर्मीलाई सुविधा दिने प्रयासमा छौँ । यसले महिला चलचित्रकर्मीलाई अभिनय बाहेकका अन्य प्राविधिक विधामा काम गर्न प्रेरणा दिनेछ । किनकि बाहिर चलचित्र छायांकन गर्दा स्टुडियो जस्तो सेवा सुविधा उपलब्ध हुँदैन ।”

महोत्सवको पहिलो दिन नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनुका साथै उक्त चलचित्रका अभिनेता विश्व बस्नेत र अभिनेत्री बसुन्धरा भुसालसँग चलचित्रको विषयमा अन्तरक्रिया गरिएको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार  ९ : ३० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।