२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समीक्षा अधिकारीको स्वरमा सार्वजनिक भयो होली गीत



काठमाडौं
नेपालीहरुले उत्साहका साथ मनाउने होली पर्वको गीत सार्वजनिक भएको छ ।
होली पर्वको पुर्वसनध्यामा चर्चित गायिका समीक्षा अधिकारीको साथमा रुद्रसेनल नयाँ गीत ‘होली सररर’ बोलको गीत गाएका छन् । गायक रुद्रसेन विश्वकर्माले सो गीत सार्वजनिक गरेका छन् ।
गीतको शब्द, संगीत रुद्रसेनकै रहेको छ भने योगेश काजीले एरेञ्ज गरेका छन् ।

गीतको भिडियोमा नायक आर्यन सिग्देल, मोडल बिना राउत र स्वयं गायक रुद्रसेनको धमाकेदार नृत्य देख्न सकिन्छ । ओम प्रसाईको छायांकन, अमृत चापागाईंको सम्पादन र प्रदीप कुमार रसाइलीको नृत्य निर्देशन रहेको यो भिडियोलाई निकै आकर्षक बनाइएको छ ।
गीतका सम्बन्धमा रुद्रसेनले भने, “आर्यन सिग्देलले अभिनय गरेको पहिलो होली गीत भएकाले यो विशेष बनेको छ । यसपटकको होली हामी सबैजना‘होली सररर’ मा झुमौं !”

गीत रुद्रसेन क्रिएशन प्रा.लि. को युट्युब च्यानलबाट सार्वजनिक भइसकेको छ । गीत स्पोटिफाइ, एप्पल म्युजिक लगायत डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  १० : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।