अनमोल केसी, स्वस्तिमा खड्का,सलोन बस्नेत र नाजिर हुसेन चलचित्र क्षेत्रमा डेव्यु गरेर चर्चा कमाइरहेका छन्
ललितखबर
एउटा जमाना थियो, सामाजिक सञ्जाल टिकटकलाई मुलधारका कलाकारहरुले पत्याउदैनथे । जो पनि टिकटकबाट कलाकार बन्न खोजेको भन्दै टिकटकरलाई सौताको व्यावाहार गर्थे ।
तर आज समय बदलिएको छ । कलाकारहरु नै चलचित्रको प्रचार गर्न टिकटकको सहारा लिन्छन् । भिडियो बनाउछन्, लाइभ बस्छन् । धेरैले पैसा कमाउने वैकल्पिक पेशाकै रुपमा लिन थालेका पनि छन् ।
यही टिकटकबाट चर्चा कमाउदै कलाकारहरु सिम्रन पन्त र पारस बम ठकुरी ‘कुलव्याई’ ठूलो पर्दाको चलचित्र ‘होस्टेल ३’मा प्रवेश गरेका छन् ।
होस्टल र होस्टल रिटर्नको सफलतापछि निर्माण भएको ‘होस्टेल ३’ नयाँ कलाकार उत्पादन गर्ने कारखानाको रुपमा पनि चरिचित छ । अनमोल केसी, स्वस्तिमा खड्का,सलोन बस्नेत र नाजिर हुसेन चलचित्र क्षेत्रमा डेव्यु गरेर चर्चा कमाइरहेका छन् ।
गोरो अनुहार, अग्लो कद र विनम्र स्वभावका कुलव्याई खासमा कमेडियन कला देखाउन सक्ने खुबी भएका कलाकार हुन्
टिकटकबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने यो जोडी मिलेको छ । चलचित्र ‘होस्टेल ३’ प्रर्दशनपछि हेर्ने दर्शकले पनि ‘राम्रो’ प्रतिकृया दिएका छन् ।
पछिल्लो पुस्ताले कुलव्याई र सिम्रनलाई अनमोल र स्वस्तिमासँग तुलना गरिएको पाइन्छ । गोरो अनुहार, अग्लो कद र विनम्र स्वभावका कुलव्याई खासमा कमेडियन कला देखाउन सक्ने खुबी भएका कलाकार हुन् । उनले टिकटकमा फरक फरक कलाकारको रुपमा अभिनय गरेर देखाउथे ।
सिम्रनको दाँत, अनुहारको स्वरुप अनि ठूलो निधारले पनि स्वस्तिमा जस्ती नै लाग्छिन् । उनको चुलबुले स्वभावले पनि स्वस्तिमाजस्तै प्रतित हुन्छ ।








प्रतिक्रिया