१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको मूल्य निरन्तर अकासिँदो, आज एकै दिन तोलामा १ हजार १ सयले वृद्धि



काठमाडौँ
पछिल्लो समय सुनको मूल्य निरन्तर बृद्धि भइरहेको छ , आन सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
हिजो सोमबार प्रतितोला रु एक लाख ७४ हजार १०० मा कारोबार भएको सुन आज तोलामा रु एक हजार १०० ले बढेर रु एक लाख ७५ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला रु एक लाख ७४ हजार ५०० कायम भएको थियो ।
यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ५० निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार १२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८१, मंगलबार  ११ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।