२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुलमानको बर्खास्तीपछि कलाकारको सामाजिक सञ्जालमा स्टाटस, कसले के भने ?



काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेसँगै चौतर्फी विरोध भएको छ । राजनीतिभन्दा टाढा रहेको कला क्षेत्रमासमेत कुलमानको बर्खास्तले तरंङ्ग ल्याइदिएको छ।

कलाक्षेत्रका हस्तीहरूले पनि कुलमानलाई हटाएकोविरुद्धमा विभिन्न माध्यमबाट सरकारप्रति रोष प्रकट गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै हास्य कलाकार हरिवंश आचार्यदेखि गायिका रचना रिमालसम्मले सरकारको विरोध गरेका छन्।

हास्यकलाकार आचार्यले कुलमानसँगको तस्बिर शेयर गर्दै मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा कुलमानलाई हटाउनु हुँदैनथियो भन्दै लेखका छन्। उनले भनेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउन हुँदैन थियो।’

अर्का हास्यकलाकार मनोज गजुरेल सर्वसाधारणको नजरमा कुलमान लोकप्रिय रहेको र रहिरहने बताएका छन्। ‘प्राधिकरणमा रहनु÷हट्नुका् कारण÷तर्क जसले जे सुकै देओस् सर्वसाधारणका नजरमा कुलमान लोकप्रिय थिए भए र रहेनछन्’, गजुरेलले लेखेका छन्।

निर्माता तथा अभिनेता निश्चल बस्नेतले पनि सरकारको विरोध गर्दा सामाजिक सञ्जालमा सरकारको पतनसम्म हुन सक्ने चेतावनी दिएका छन्। उनले कुलमान हटाउँदा सबै क्षेत्रका नेपाली दुःखी भएको पनि बताएका छन्।

बस्नेतले अगाडि लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन्। सायद भ्रष्टहरूको पतन अब कसैले रोक्न सक्दैन। एनफ इज एनफ।’

हास्यकलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि व्यङ्ग्य गरेका छन्। उनले कुलमानलाई भुलेर आफ्नो सालोलाई प्राधिकरणमा लिएको भन्दै व्यङ्ग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘कुलमानलाई भुलमान, सालोलाई पालो।’ सरकारले कुलमानलाई हटाएर प्रधानमन्त्री ओलीको साला नाता पर्ने हितेन्द्रवेद शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ। हितेन्द्रलाई ओलीकी पत्नी राधिका शाक्यको भाईका रुपमा व्याख्या हुँदै आएको छ।

अभिनेत्री स्वस्तिमा खड्काले कुलमानको तस्बिरलाई फेसबुक पेजमा शेयर सांकेतिक विरोध गरेकी छिन्। उनले लेखेकी छन्,’ गणतन्त्र!

लोकदोहोरी गायक पशुपति शर्माले पनि कुलमान हटाइएकोमा विरोध गरेका छन्। उनले लेखेका छन्, ‘अब लोडसेडिङ भयो भने खुलेर विरोध गरिन्छ। हामी १६ घण्टा अँध्यारोमा बसेर उज्यालो पाएकै हो।’

त्यसैगरी, गायिका रचना रिमालले कुलमानको कारबाही फिर्ता होस् भन्ने चाहेको लेखिकी छिन्। उनले फेसबुकमा लेख्छिन्,’ ‘लोडसेडिङ हुनु भएन त्यति हो वी वान्ट कुलमान व्याक।’

 

प्रकाशित मिति : ११ चैत्र २०८१, मंगलबार  १ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।