ललितखबर
केही समयदेखि चलचित्रको प्रचार हल हलमा हुन्थ्यो । प्रचार सामाग्री प्रर्दशन हलमा पत्रकार बोलाएर गरिन्थ्यो । तर पछिल्लो समय नेपाली चलचित्रको प्रचार सडकबाट हुन थालेको छ ।
गतमहिना अभिनेत्री प्रियांका कार्की चलचित्र ममीको प्रचारका लागि बोक्सीको भेषमा काठमाडौंको नयाँ सडक डुलिन् । चलचित्रको प्रिमियरमा पनि यस्तै भेषमा देखिएकी थिइन् ।
नेपाली चलचित्र ‘डोरी’का अभिनेता वीरेन्द्र सिंह कुशवाहा पनि अनौठो भेषमा काठमाडौंका विभिन्न स्थानमा देखा परे । घाँटीमा डोरीको माला लगाई, रातो सारीमा रिसाएको अनुहारसहित बजार डुलिरहेका कुशवाहालाई सर्वसाधारणले देख्दा अचम्म मानेका थिए । धेरैले उनको फोटो तथा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट समेत गरे ।निर्देशक अरुण लामाले चलचित्रको कथावस्तु अनुसार चलचित्रको प्रचार दर्शकसम्म पु¥याउनका लागि यस्तो विधि अपनाइएको बताए ।
केही दिनमै चलचित्र चलचित्र पिताम्बरको ट्रेलर राजधानीको भृकुटी मण्डप खुला चौरमा गरिने घोषणा गरिएको छ । पहिलो पटक सार्वजनिक स्थलबाट ट्रेलर प्रिमियर गर्न लागिएको भन्दै प्रचार गरिएको छ ।
गएको शनिबार चलचित्रनिर्माणाधिन चलचित्र वसन्तको प्रचारका लागि सामाखुशी सडकमा ‘वसन्त साँझ’ साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हजारौंको संख्यामा आगन्तुक सहभागी भएका थिए भने गायकहरु प्रकाश सपूत, शान्तिश्री परियार, प्रीति आले, देवेन्द्र बब्लु लगायतका कलाकारहरूको गीत गाएर सुनाएका थिए ।
चलचित्र ‘वसन्त’ को प्रचारका लागि आयोजित सो कार्यक्रममा थुप्रै सञ्चारकर्मी, कलाकार र शुभेच्छुकहरु सहभागी थिए ।
केही समयदेखि वालाजुस्थित एक चलचित्र भवन अगाडि सडकमा चलचित्रका कलाकारहरु ल्याएर सडकमै नाचगान गर्ने चलन छ । वसपार्क नजिकैको सडकमा सयौं मानिस भेला भएर चलचित्रका हिरो हिरोयन हेरेर फर्कने गरेका छन् । सडकमा आएका मानिस र कलकारहरुले दर्शक भन्दै युट्युवरले खिचेर प्रचार गरिदिने गरेका छन् । कलाकारहरु सडकमा मानिसहरुसँग सेल्फी मात्रै खिच्दैनन् । नाच्छन् अनि गाउछन् पनि ।








प्रतिक्रिया