२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र भवनभित्र भिडियो खिचेकोप्रति दर्शकको आक्रोस



ललितखबर
गत शुक्रबार ललितपुरको लभिम मलमा एक चलचित्र प्रर्दशनपछि हलमा कलाकार र पत्रकारहरु एकाएक प्रवेश गरे । चलचित्रमन कलाकारहरु एक्कासी देखेपछि केही दर्शक हुटिङ गरिरहे । केहीले सेल्फी खिचे । रमाए ।
ढोका नजिकै पुगेपछि एक दर्शकले ‘क्यामेरा बन्द गर्न’भन्दै औला ठड्याएर आक्रोस पोखे । उनले हलभित्र पत्रकारहरुको क्यामेराले भिडियो खिचेकै कारण ‘दर्शकले मुख छोप्नु परिरहेको’ भन्दै आक्रोस पोखे । हरेक ‘दर्शकको व्यक्तिगत स्वतन्त्रता हुने’ भन्दै उनले पत्रकारतिर औला ठड्याए ।
चलचित्र प्रर्दशनपछि हल हलमा युट्युवबर र पत्रकारहरुले चलचित्रको रिपोर्ट बनाउने भन्दै चलचित्र चलिरहेको अवस्थामा हलभित्रै क्यामेरा लैजाने र भिडियो खिचेपछि कतिपय दर्शकले विरोध गर्ने गरेका छन् । निर्माण पक्षले चलचित्रप्रति दर्शकको उत्साह देखाउन क्यामेराहरुको सहायता लिने गरेका छन् ।
चलचित्र भवनमा प्रेमी प्रेमिकाको जोडी समेत चलचित्र हेर्न आउने र अनुहार देखाउन नचाहने अवस्था छ । हलभित्रै पर्दामा चलचित्र चलिरहदा क्यामेरा लैजानु पत्रकारको मर्यादाभित्र नपर्ने भन्दै कतिपयको सञ्चारकर्मीहरुको असहमती रहेको छ ।
पत्रकार र युट्युवरहरुले फुटेज खिच्ने गरेकाले चलचित्र भवनमा कतिपय कलाकारहरु मास्क लगाएर प्रवेश गरेको देख्न सकिन्छ ।
भारतलगायत संसारका धेरै देशभित्र चलचित्र चलिरहेको अवस्थामा क्यामेरा लैजान निषेध गरिएको छ । जर्वजस्ती भिडियो खिच्न नहुने तर्क गर्दै केही पत्रकारहरुले यस्तो शैलीको विरोध गरेका छन् ।
युट्युवरहरुले पनि पत्रकारिताको न्युनतम मान्यतालाई पालना आग्रहसरकारी प्रेस रजिष्टार, सूचना विभागमा दर्ता नभएका र प्रेस काउण्सिलमा सूचिकृत नभएका सञ्चार माध्यमले गृह मन्त्रलयले कारवाही गर्न सक्ने भन्दै पत्रकारहरुले असहमती जनाएका हुन् ।
चलचित्रका निर्माण पक्षले यो खिच्न र त्यो नखिच्न भन्दै आदेशनात्मक शैलीमा पत्रकारहरुलाई निर्देशन दिने गरेको र पत्रकारहरुले आफ्नो मूल्य गुमाएकोले त्यसो गर्न नहुने एक सञ्चारकर्मीले नाम उल्येख नगर्न आग्रह गर्दै ललितखबरलाई बताए ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।