काठमाडौं
काठमाडौंको गोकर्णेश्वरका टिपरको ठक्करपछि मध्यरातमा एक स्कुटर चालकको निधन भएको छ ।
प्रहरीका अनुसार शनिबार राती गोकर्णेश्वर नगरपालिका ४ माईती नेपाल चोकस्थित सडकमा ना.६ ख ५१०० नम्बरको टिपर र प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटर दिएपछि सो घटना घटेको हो ।
दुर्घटनापछि सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–७ घर भएका गोकर्णेश्वर नगरपालिका–४ तालिञ्चोक बस्ने स्कुटर चालक २३ वर्षीय पासाङ शेर्पाको निधन भएको प्रहरीले पुष्टि गरेकोे छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा निधन भएको थियो ।
टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कानूनी कारवाही प्रकृया अघि बढाएको जानकारी दिएको छ ।








प्रतिक्रिया