२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


व्यस्त बेनिशालाई तनाव र खुशी संगसंगै !!!



 

काठमाडौं

आजकल अभिनेत्री बेनिसा हमाललाई आपत विपतमा छिन् । साउन २३ चलचित्र ‘मोहर’ र ‘सिटामोल’ प्रर्दशनको मिती घोषणा गरिएको छ ।

एकातिर दुई चलचित्रको वर्कशप,छायांकन, डविङलगायत कामको तनाव अर्कोतिर चलचित्र प्रमोशनको चटारो । दुबै चलचित्रका लागि बराबरी समय मिलाएर लैजानु पर्ने बाध्यता ।

प्रमोसन त छदैछ । कलाकारकै कारण दर्शक हलसम्म आएनन् भनेर जस र अपजस समेत कलाकारहरुकै काँधमा आउँछ । नानाभाँती विवाद र आलोचनाको तनाव त छँदैछ ।

यो सिनेमाको प्रमोसनको काम लगत्तै उनी चलचित्र ‘बिगुल’को काममा जुट्नेछिन् । बैशाखको तेस्रो साताबाट छायांकन जाने भनिएको यो सिनेमाको सुटिङ गर्र्नै पर्यो । त्यसैले यो वर्षको पहिलो महिनाबाट नै अभिनेत्री हमालले तनाव र खुशीको अनुभव झेल्नु पर्ने भएको छ ।

एकतिर चलचित्र हलमा लाग्दैछ,अर्को तर्फ चलचित्रको छायांकन चल्दैछ। अनि भएन त बेनिशालाई एकसाथ तनाव र खुशी ।
जे होस बेरोजगार हुनुभन्दा त काम पाएकै जाती हो नी होइन र? यहि बेला गत वर्ष खेलेका हिन्दी चलचित्र पनि हलमा लाग्यो भने के होला ? बिगुल पनि यसै वर्ष आउँदा त बेनिशालाई भ्याइँ नभ्याइँ हुने निश्चित छ । जे होस् हाम्रा तर्फबाट यस वर्ष बेनिशाको दिन भव्य बन्योस शुभकामना ।

 

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।