२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्धित



 

काठमाडौं
चलचित्र ‘महाराजधिराज’मा अभिनेता आर्यन सिग्देल अनुबन्ध भएका छन् । मुख्य मध्येको एक भूमिकामा आर्यन अनुबन्ध भएको निर्माणपक्षले जनाएको छ ।
यसअघि चलचित्रमा अभिनेता रमेश उप्रेती अनुबन्ध भएका थिए । रमेशभन्दा अगाडि अभिनेता पल शाह अनुबन्ध भएका थिए ।
चलचित्रमा जय किशन बस्नेत पनि देखिने पक्का भइसकेको छ ।

आर्यन, रमेश र पलको अनुबन्धले सिनेमाको लाइनअप बलियो हुँदै गएको छ । लाइनअप बलियो हुँदै जाँदा सिनेमाप्रतिको अपेक्षा पनि बढ्दै गएको छ ।

‘महाराजधिराज’को पोस्टर यसअघि न सार्वजनिक भइसकेको छ । यस चलचित्रमा आर्यन कुन भूमिकामा प्रस्तुत हुने हुन् भन्ने विषयले अहिले दर्शकमाझ थप जिज्ञासा थपेको छ ।

आर्यनले ‘महाराजधिराज’मा अनुबन्ध हुन पाएकोमा खुशी व्यक्त गर्दै आफ्ना लागि फरक चरित्र र दर्शकका लागि नयाँ हुने बताए ।

‘महाराजधिराज’मा निर्देशक सेन स्वयंको लेखन रहेको छ । उनले यसअघि निर्देशन गरेको सिनेमा ‘प्रेमगञ्ज’ समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो ।

फूलपातीमा प्रदर्शन हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।

सिनेमाको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।

निर्माण पक्षका अनुसार चलचित्रका सबै कलाकारहरूको नाम अझै पूर्ण रूपमा सार्वजनिक भइसकेको छैन । केही महत्वपूर्ण कलाकारहरूको घोषणा बाँकी रहेको जनाइएको छ, जसले चलचित्रको लाइनअपलाई झनै रोचक बनाएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आइतबार  ११ : ५५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।