२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘माइतीघर’को सेटबाट ‘माग्ने वुढा’को अनुहार सार्वजनिक



 

चलचित्र ‘माइतीघर’को सेट छायांकन सेटबाट कलाकार केदार घिमिरे ‘माग्ने वुढा’को अनुहार सार्वजनिक भएको छ ।

च्लचित्रको छायांकनको क्रममा कलाकार माग्नेबुढा खाटमा बसेर मोबाइल हेरिरहेका छन् । झट्ट हेर्दा उनी गाँउकै भद्रभलाद्मीको भूमिकामा रहेको संकेत मिल्छ । यद्यपी निर्माण पक्षले उनको भूमिकाको बारेमा तत्काल केही खुलाएको छैन ।
हास्यकलाकार दिपक दिपाको व्यानरबाट बाहिर निस्केर कलाकार केदार घिमिरे ‘माग्ने व’ढा’ पछिल्लो समय निरन्तर चलचित्रमा अभिनय गरिरहेका छन् । उनी चलचित्र क्षेत्रका सर्वाधिक रुचाइएका कलाकारमा पर्न थालेका छन् ।

चलचित्रको छायांकन अहिले म्याग्दीको ताकम गाउँमा भइरहेको छ ।

आउदो दशंैको फूलपातिमा प्रर्दशन गर्ने लक्ष्य रहेको चलचित्रमा.युवराज लामा, केदार घिमिरे ‘माग्ने वुढा’, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

चलचित्रमा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङको लगानी रहेको छ भने कार्यकारी निर्माताका रुपमा निर्माता ईश्वर श्रेष्ठ र नीरज कटुवाल छन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलबार  १ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।