चलचित्र कवितात्मक छ
ललितखबर
सधैंको झैं आगामी शुक्रबार दुई चलचित्र ‘जार’ र ऊनको स्वीटर प्रर्दशन हुँदैछन् । शुक्रबार साँझ ललितपुरको पुल्चोकस्थित एक चलचित्र भवनमा चलचित्र ‘जार’को प्रिमियर आयोजना गरिएको थियो ।
चलचित्रको प्रिमियरमा थुप्रै विशिष्ट व्यक्ति, चलचित्रकर्मी र साहित्यकार अतिथी बनेर सहभागी भए । भव्य प्रिमियरपछि उनीहरुले सञ्चारकर्मी र पत्रकारहरुसँग चलचित्रको प्रतिकृया दिए । प्रतिकृया दिनेहरु सबैले चलचित्रको प्रशंसा गरेर फर्केका छन् ।
आगामी शुक्रबार प्रर्दशनको तयारीमा रहेको ऊनको स्वीटरका अभिनेता विपिन कार्की पनि चलचित्रको प्रिमियरमा सहभागी थिए । चलचित्र हेरेपछि संक्षिप्त प्रतिकृया दिदै उनले कलाकार सौगात मल्लको अभिनयको तारिफ गरे । चलचित्र हेरेपछि लोभिदै, भने, ‘मैले पनि यो चलचित्रमा काम गर्न पाएको भए । के हुन्थ्यो होला ? भनेर सोचिदो रहेछ ।’
विषयबस्तुसँगै प्रविधि र अभिनय राम्रो छ
चलचित्र अर्थपूर्ण रहेको भन्दै उनले आफूलाई चलचित्र मन परेको र दर्शकलाई चलचित्र हेर्न सिफारिस समेत गरे ।
उनले चलचित्रको ध्वनी, सिनेमेट्रोग्राफी,निर्देशन,अभिनय मन पराए । यस्तै चलचित्र बन्दै गएको खण्डमा नेपाली चलचित्र क्षेत्रले एउटा गन्तव्य पार गर्ने उनको प्रतिकृया थियो ।
अभिनेत्री केकी अधिकारीलाई भने अभिनेत्री गिताञ्जली थापाको काम मन परेको रहेछ । उनले गिताञ्जलीको जस्तो आफूले काम गर्न नसक्ने हो कि भन्दै शंका गरिन् । भनिन्, ‘चलचित्र कवितात्मक छ ।’
चलचित्रको प्रिमियरमा बलिउड चलचित्र क्षेत्रमा काम गरेर चर्चा कमाएकी अभिनेत्री मनिषा कोइराला पनि सहभागी भएर पुरै चलचित्र हेरिन् । उनले अभिनेत्री हेरेर प्रशंसा समेत गरेकी थिइन् । भनिन्, ‘कति राम्रो चलचित्र निर्देशन तपाईहरुको ? यस्तो नेपाली चलचित्र बनेकोमा म गर्व गर्छु ।’
पुर्वप्रधानमन्त्री वावुराम भट्टराईले एउटा उत्कृष्ट चलचित्र रहेको आफूले अनुभव गरेको बताए । भने,‘विषयबस्तुसँगै प्रविधि र अभिनय राम्रो छ ।’ निर्देशन पक्ष वेजोड छ ।
साहित्यकार इन्द्रबहादुर राईको झण्डै ३ सय बर्ष अघिको कथामा आधारित कृति चलचित्र ‘जार’मा अभिनेत्रताहरु सौगात मल्ल,अनुपविक्रम शाही, गिताञ्जली थापालगायतले अभिनय गरेका छन् चलचित्रको निर्देशन फुर्वा छिरिङ लामाले गरेका हुन् ।








प्रतिक्रिया