काठमाडौं
कास्कीको सुन्दर गाँउ धम्पुसबाट निर्माणाधिन चलचित्र ‘पीआर’को छायांकन सुरु भएको छ ।
शोभित बस्नेतले निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा भइसकेको बताएका छन् ।
सोमबार बिवाह समारोहको दृश्य छायाँकन गरिएको निर्देशक बस्नेतले जानकारी दिएका छन् । चलचित्रको दृश्य छायांकनमा दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ ।
उनका अनुसार धुम्पुसपछि चलचित्रको बाँकी छायांकन पोखरा,चितवन लगायतका ठाउँमा हुनेछ ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यस सिनेमामा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ ।
यस सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन् ।
सिनेमामा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।
त्यसै गरि सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन,मुख्य साहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेत को निर्माण व्यवस्थापक रहने छ ।








प्रतिक्रिया