२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ खुल्यो



 

काठमाडौं
यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’को अग्रिम टिकट बुकिङ सुरु भएको छ ।

नेपालकै सबैभन्दा ठुलो सिनेमा हल सञ्जाल क्युएफएक्सले मङ्गलवारदेखि नै टिकट बुकिङ खुला गरेको हो । क्युएफएक्सले काठमाडौं उपत्यकाका हलहरुमा मात्रै २१ शो दिएको छ ।

काठमाडौं उपत्यकाका बिग मुभिज, आइएनआई, एफक्युब लगायतका हलहरू टिकट बिक्री सुरु गरेको निर्माण पक्षले जानकारी दिएको छ ।

टिजर, ट्रेलर र गीतमार्फत पहिल्यै चर्चा बटुल्न सफल यस चलचित्रको दशृकले टिकट काट्न सुरु गरेको निर्माण पक्षले बताएको छ ।

वितरक गोविन्द शाहीका अनुसार, यो समाचार तयार पार्दासम्म देशभरका सिनेमा घरहरूले चलचित्रको लागि दिएको जानकारी दिए । यकिन शोको सङ्ख्या बिहीबार मात्र सार्वजनिक हुने भए पनि तीन सयभन्दा बढी शो देखिने प्रक्षेपण गरिएको उनले बताए ।

आर्टमाण्डू प्रा.लि. को ब्यानरमा निर्माण भएको चलचित्र ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा देखिँदै छन् । उनीहरूका साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ ।

सङ्गीतमा सुजन चापागाईँ र झुमा लिम्बुको निर्देशनमा बनेका “फूल”, “मखमली”, र “काफ्ले” जस्ता गीतहरूले दर्शकमाझ निकै लोकप्रियता हासिल गरिरहेका छन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको ट्रेलरले पनि चलचित्रको प्रतीक्षा उत्साहजनक बनाएको छ ।

निर्देशक नवीन चौहानको पहिलो फिचर चलचित्र ’ऊनको स्वीटर’को कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको छ । चौहानले यसअघि ‘घुमी घुमी’, ‘देखेर तिमीलाई – तीनपाते’, ‘फूलथुङ्गे रानी’, ‘चन्द्रमा’ जस्ता चर्चित सङ्गीतमूलक चलचित्र निर्देशन गरिसकेका छन् ।

चलचित्रको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । यो चलचित्रले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।