२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नरसिंहाः अवतार’को ट्रेलर ट्रेन्डिङमा, दुई दिनमै १० लाख पटक हेरियो



काठमाडौं

महानायक राजेश हमालको चलचित्र ‘नरसिंहाः अवतार’ पछिल्लो समय चर्चामा छ ।
आठ वर्षपछि चलचित्र ‘नरसिंहाः अवतार’ मा पुर्नप्रवेश गरेका महानायक हमाल एक्सन अवतारमा देखिएका छन् ।

 

यस चलचित्रको प्रचार सामाग्री ट्रेलर दुई दिनमै १० लाख पटक हेरिएको भने युट्युवको चलचित्र सेक्सनमा तेश्रो स्थान ओगट्दै ट्रेन्डिङमा पर्न सफल भएको छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई दर्शकहरुको प्रतिकृया दिइरहेका छन् ।

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक ट्रेलरमा ४ हजार ३ सय भन्दा बढी प्रतिक्रिया दिइएको छ । धेरै दर्शकले ट्रेलरलाई लिएर उत्साहजनक विचार राखेका छन् ।
राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाइयो भन्दै दर्शकहरु उत्साहित देखिएका छन् । सामाजिक संजालमा पनि यो चलचित्रको ट्रेलरलाई शेयर गर्नेहरु उत्तिकै छन् ।

चलचित्रमा राजेश हमालको साथमा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, समाइरा थापा लगायतको अभिनय छ ।

केही समयअघि सार्वजनिक भएको चलचित्रको अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत सेक्सनको ५ नम्बर ट्रेन्डिङमा छ ।
गीत र ट्रेलरले चर्चा पाएसँगै महानायक राजेश हमालको क्रेज उच्च रहेको देखिन्छ । चलचित्रका प्रचार सामाग्रीप्रति चासो र चर्चाका कारण चलचित्रको ओपनिङ हुने चलचित्र विश्लेषकहरु ब्ताउछन् ।
यस चलचित्रमा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी छ ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।