काठमाडौं
‘तक्मे बुढा’ को पात्रको नामले चिनिएका हास्यकलाकार विल्सनविक्रम राई ‘तोक्मा टेक्नोलोजीज’को ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
सोमबार काठमाडौंको एक होटलमा आयोजित औपचारिक कार्यक्रममा अभिनेता राईलाई आफ्नो ’ब्रान्ड फेस’को रूपमा सार्वजनिक ग्रिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यमा सोमबारदेखि नै ’तोक्मा एप’को औपचारिक रूपमा सेवा सुरु गरेको छ ।
तोक्माले नेपालको डिजिटल सेवा क्षेत्रमा राइड–शेयरिङ, केयरगिभिङ, पर्यटन र सुरक्षासम्बन्धी सेवा एकै एपमार्फत प्रदान गर्ने योजना बनाएको छ । साथै, तोक्मा टेक्लोनिजले डिजिटल बिजनेस कार्ड ’जी कार्ड’ पनि सार्वजनिक गरेको छ ।
ब्रान्ड एम्बासडरको रूपमा नियुक्त भएपछि अभिनेता राईले तोक्मा टेक्नोलोजीज एउटा एप मात्र नभई नेपालीहरुको दैनिक जीवनलाई जोड्ने, उत्थान गर्ने र सरल बनाउने एउटा क्रान्ति भएको विचार व्यक्त गरे । भने,‘म यस यात्राको हिस्सा हुन पाउँदा गर्व गर्छु ।“
तोक्माका सिइओ सागर आङदेम्बेले राईलाई ब्रान्ड एम्बासडरको रुपमा अभिनेता विल्सन विक्रम राईले तोक्माको भावनालाई मूर्त रूप दिने भन्ने विश्वास व्यक्त गरे । भने, ’ब्रान्ड फेस’ र हाम्रो मिसनको आवाजको रूपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ ।”
तोक्मा टेक्नोलोजिजका सह–संस्थापक सन्चमान राईले कागजी बिजनेस कार्ड चलिरहेको अवस्थामा अब ’जी कार्ड’ले डिजिटल बनाउने र यो कार्ड आवश्यकता अनुसारको परिमार्जन गरी चलाउन सकिने बताए
विद्युत् प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक घिसिङले यो एप दैनिक जीवनमा एकदमै प्रयोग गर्नुपर्ने रहेको बताए । उनले पर्यटन तथा सहयोग आवश्यकता रहने व्यक्तिहरूलाई यसले सहयोग गर्नुका साथै देशमै रोजगारी सृजना गर्नलाई यसले ठुलो भूमिका खेल्ने बताए ।
ब्रान्ड एम्बासडरका रूपमा अभिनेता राई तोक्माका राष्ट्रव्यापी प्रचार अभियानहरूमा सक्रिय रहने छन् । उनले यसका सेवाहरूको बारेमा जनचेतना फैलाउँदै सबै वर्गका नेपालीहरूलाई डिजिटल प्रविधिको उपयोगमा जोड्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।








प्रतिक्रिया