काठमाडौं
काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियो ‘सिनेपाः’ निर्माण हुने भएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारमा आयोजना हुने विशेष कार्यक्रममार्फत स्टुडियोको निर्माण आरम्भ घोषणा गर्दैछन् ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसारएक वर्षभित्र निर्माण सम्पन्न यो स्टुडियो बनेपा नगरपालिकाको वडा नम्बर १० र ११ मा स्टुडियो निर्माण हुनेछ । गतबैशाख पहिलो साता स्टुडियो निर्माणको ठेक्का स्वीकृत भएसँगै प्रक्रिया अघि बढेको छ ।
आज बाह्र बजे प्रधानमन्त्री केपी शर्मा ओली बनेपा जाने र स्टुडियोको शिलान्याश कार्यक्रम तय भएको भए पनि कार्यव्यस्तताका कारण वालुवाटारमा भेला भएर निर्माण घोषणा गर्न लागिएको हो ।
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएपछि वैशाख भित्र स्टुडियो निर्माण सबै चलचित्र भवनहरुमा बक्स अफिस जडान र नयाँ चलचित्र ऐन ल्याउने बताउदै आएका थिए । अध्यक्ष डिसी चलचित्र क्षेत्रको सुधारका लागि नयाँ योजना सहित द्रुत गतिका काम भइरहेको बताउछन् ।
गएको २०८१ सालको असार २८ गतेको मन्त्रिपरिषद् बैठकले वनेपास्थित वडा नम्बर १० र १३ मा रहेको बाहुनडाँडा सामुदायिक वनको दुई हेक्टर वन क्षेत्रको जग्गा प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको थियो । स्टुडियोको लागत ३९ करोड रुपैयाँ छ ।








प्रतिक्रिया