४ भदौ २०८३, बिहिबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


स्वर्णलक्ष्मी सहकारी प्रकरणः कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश



काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न रहेको आरोपमा कांग्रेस सांसद राईलाई प्रहरीले वैशाख १३ गते पक्राउ गरेको थियो ।

मंगलबार राईविरुद्ध २ करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ बिगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अदालतमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  ६ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।