२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री उषा रजककोे सडक नृत्य !!!



ललितखबर

एउटा जमाना थियो । चलचित्रका कलाकारहरु जहाँ त्यही भेटिदैन थिए । उनीहरुको अनुहार हेर्न एक वर्ष कुर्नुपथ्र्यो । चलचित्रको नयाँ नयाँ पात्रको रुपमा उनीहरुलाई हेरेपछि चिया पसल अनि चौतारीमा गफ गर्ने विषय बन्थे ।

तर आजकल जहाँत्यही कलाकार भेटिन्छन् । चलचित्रको प्रमोसनको भन्दै सडकमा भौतारिनु हल हल चार्हानुलाई त स्वभाविक नै मान्नुपर्ला । कतिपय अभिनेत्री सडक,क्याफेमा टिकटक बनाएर बरालिरहेका हुन्छन् ।

पछिल्लो समय ललितपुरको ताल्छिखेल सडकमा अभिनेत्री उषा रजक भेटिइन् । उनी निस्फिक्री सडकमा नाच्दै भिडियो बनाउदै थिइन् । जुन उनले सामाजिक सञ्जाल फेसबुकमा समेत पोष्ट गरेकी छिन् ।

 

पृष्ठभूमिमा दर्जनौ मान्छे ज्याकाराण्डा फूलसँग रमाउदै फोटो खिच्दै थिए । उनलाई धेरैले वास्ता गरेनन् । कतिपयले चिने पनि । चिन्नेमध्ये एक युवक भन्दै थिए । ‘आजकलका हिरोइनहरुको काम छैन । टिकटक बनायो बस्यो ।’

लामो समयसम्म चलचित्रमा काम गरेर दर्शकको मन बस्न सफल कलाकारहरु जहाँपयो त्यही आफुलाई फरक तरिकाले प्रस्तुत भएर आफ्नो महत्व आफैं घटाउदैछन् । नाम कमाएका र दर्शकको मनमा बसेका प्रिय कलाकारहरु आफूलाई बिर्सेर सडकमै उभिएर नाच्न सुवाएन ।

 

हुन त कलाकारहरुसँग प्रतिश्पर्धा गरेर टिकटकरहरु पनि चलचित्र क्षेत्रमा प्रवेश गर्दै सुपरहिट भइसके । समय अनुसार चल्नुपर्छ पनि भन्न सकिएला । तर बुझ्नुपर्छ– रंगमञ्चमा नाटक देखाउन कलाकारले सडक नाटक देखाएको सुवाउदैन । आफ्नो मूल्य तोक्ने आफैले हो । आफ्नो स्टारभ्यालु आफैले जोगाउने हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, शनिबार  ४ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।