ललितखबर
हामीभित्र एउटा भ्रम छ –चलचित्रका हिरोहरुको जीवन सहज हुन्छ । उनीहरुको जीवन सुखी हुन्छ । चलचित्रका हिरोहरु जहाँत्यही हाँसेको रमाइलो गरिरहेको मात्रै देख्छौं । तर त्यस्तो पक्कै छैन ।
पैसा नहुँदा जीवन नचल्ने भएकै कारण जीवनको हरेक क्षणमा पैसाको जरुरी हुन थालेको छ ।
हामीले सधैं हाँसी खुशी जीवन बिताइरहेका चलचित्रका हिरोहरुको जीवनमा पनि कठिनाई आउने रहेछ । उनीहरुलाई पनि पैसाको आपतविपत आइलाग्ने रहेछ । चलचित्रका हिरोहरु आर्यन सिग्देल र खगेन्द्र लामिछानेल राजधानीको एक कार्यक्रममा पैसाको आपत पर्दा बुबाको अगाडि उभिने गरेको अनुभव सुनाए ।
अभिनेता खगेन्द्र लामिछानेले पैसाको आपत पर्दा बुवाको अगाडि उभिने बताए । भने,‘मलाई पैसा खाँचो परेको मेरो अनुहार हेरेर थाहा पाउनुहुन्छ, अनि दिनु हुन्छ । पैसा हुँदा आफ्नो बेग्लै चुरीफुरी हुन्छ । नहुँदा अनुहार नै न्याउरो हुन्छ ।’
अभिनेता आर्यन सिग्देलले पनि बुवासँग धेरै पैसा लिएको अनुभव सुनाए । भने, मैले थोरै दिएको छु । धेरै लिएको छु । बुवाको खल्तीबाट पैसा लिन पाउँदा खुशी लाग्छ ।
आपत विपतमा आफ्नो वुवा आमा परिवार र साथीभाईलाई सम्झने गरेको अभिनेता खगेन्द्र सुनाउछन् । भन्छन्, ‘सुख दुःखमा आफ्नाहरुलाई नै सम्झने गरिन्छ ।’
दुबै अभिनेताहरुको चलचित्र ‘महाभोज’ प्रर्दशनको तयारीमा छ । सहकारी समस्याको कथामा बनेको सो चलचित्रमा पैसाको कारोबारका कारण सम्बन्धहरुमा आएको समस्यालाई उठाउन खोजिएको छ ।
चलचित्रको निर्देशन दिनेश राउतले गरेका हुन् भने कलाकारहरुमा दयाहाङ राई, खगेन्द्र लामिछाने, आर्यन सिग्देल, अञ्जना बराइली, मलिका महत र बसुन्धरा भुसालको अभिनय रहेको छ ।
चलचित्र ‘महाभोज’ यही वेशाख १५ गतेदेखि देशभरका चलचित्र भवनहरुमा प्रर्दशनको तयारीमा छ ।








प्रतिक्रिया