२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त



काठमाडौं । सरकारले अर्थशास्त्री प्रा.डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नरमा नियुक्त गरेको हो ।

मन्त्रीपरिषद् बैठक अघि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले अर्थशास्त्री पौडेलसहित तीन जनालाई गभर्नरका लागि सिफारिस गरेको थियो । सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो । पौडेलको नाम एक नम्बरमा थियो भने उनको नाममा सत्ता साझेदार कांग्रेस र एमालेबीच पनि सहमति भएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।